कर्णाली प्रदेशबाट ६ महीनामा ९० करोड राजस्व असुली

सुर्खेत,माघ २९। पछिल्लो समय कर्णाली प्रदेशबाट उत्साहजनक राजस्व संकलन हुन थालेको छ । कोरोनाको प्रभाव कम भएसँगै विस्तारै आर्थिक क्रियाकलाप चलायमान हुन थालेपछि आन्तरिक राजस्व असुलीमा वृद्धि भएको हो ।

 

आन्तरिक राजस्व कार्यालय सुर्खेतले पछिल्लो ६ महीनामा ९० करोड ६६ हजार ७ हजार रुपैयाँ राजस्व असुली गरेको जानकारी दिएको छ ।

 

कार्यालयका निमित्त प्रमुख खडानन्द खत्रीले कोरोना महामारीका बाबजुद आन्तरिक राजस्व विभागले दिएको लक्ष्यभन्दा २८ करोड ३७ लाख ६ हजार रुपैयाँ बढी राजस्व असुली भएको जानकारी दिए ।

 

उनले कार्यालयलाई पछिल्लो ६ महीनामा विभागबाट ६२ करोड २९ लाख १ हजार लक्ष्य पाएकोमा १४५ दशमलव ५५ प्रतिशत अर्थात ९० करोड ६६ लाख ७ हजार रुपैयाँ असुली गरेको बताए ।

 

उनका अनुसार कार्यालयले पछिल्लो ६ महीनामा आयकर तर्फ ५३ करोड ८८ लाख ८९ हजार, घर बहाल कर ३ करोड १ लाख ६० हजार, व्याज कर २ करोड ३२ लाख ७७ हजार, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ २९ करोड ५४ लाख ९७ हजार, अन्तःशुल्कतर्फ १ करोड ८७ लाख ८३ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।

 

उनले गत आर्थिक वर्षमा कर्णाली प्रदेशबाट विभिन्न शीर्षकमा १ अर्ब ५१ करोड ३५ लाख ३१ हजार रुपैयाँ राजस्व असुली भएको बताए । उनका अनुसार गत आवमा राजस्व संकलनमा ७९ दशमलव ८० प्रतिशत प्रगति भएको थियो । आर्थिक अभियानबाट,