प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प,अष्ट्रेलिया र अमेरिकाले दियो सुनामीको चेतावनी

काठमाडौं,माघ २९ । दक्षिण प्रशान्त महासागरमा बुधबार साँझ शक्तिशाली भूकम्प गएको छ । त्यहाँ ७.७ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।

 

अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

 

यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण आइसकेको छैन ।

 

अष्ट्रेलियाको मौसम एजेन्सी व्यूरो अफ मेट्रोलोजीले भने भूकम्प गएका कारण सुनामी आएको पुष्टि गरेको छ । अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ ।

 

अमेरिकी सुनामी चेतावनी केन्द्रले भने भानुआटु र फिजीमा १ देखि ३.३ फुट माथिसम्म सुनामीको लहर आउनसक्ने चेतावनी दिएको छ ।एजेन्सी