आज यी प्रदेशमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं,फागुन १४।जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखा आजको मौसम बुलेटिन जारी गरेको छ।हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको छ।

 

हाल मौसमको अवस्था प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै भूभागहरूमा हस्सु र कुहिरो लागेको छ।

 

आज  दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक – दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।

 

त्यस्तै आज  राती  प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

 

प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानहरूमा हल्का हिमपातको संभावना रहेको छ ।

 

प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षा साथै सो प्रदेशहरूका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।