नेपाल आयल निगम अगाडी संयुक्त विद्यार्थी संगठनले गरे मूल्यवृद्धिको विरोधमा प्रदर्शन,तत्काल फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी

काठमाडौं,फागुन १९। नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल क्रान्तिकारीलगायतका ६ संयुक्त विद्यार्थी संगठनले आज नेपाल आयल निगम अगाडी पेट्रोलियम पदार्थको मूल्यवृद्धिकाे विरोध प्रदर्शन गरेका थिए।

 

नेपाल आयल निगमले फागुन १७ गते रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरे पछि विद्यार्थीहले निगम अगाडी प्रदर्शन गरेका हुन । तत्काल मूल्यवूद्धि फिर्ता नलिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

 

त्यस्तै अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नभए कडा संघर्ष गर्ने चेतावनी समेत दिएका छन्।

 

यो प्रदर्शन सांकेतिक मात्र भएको गजुरेलले बताए। मूल्यवृद्धि तत्काल फिर्ता नलिए अर्को आन्दोलनको घोषणा गर्ने चेतावनी दिएका छन्।

अहिलेको केपी सरकारले एक महिनामा ३-४ पटक सम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकोमा विद्यार्थीले विरोध प्रदर्शन गर्नु परेकाे गजुरेले बताए। त्यस्तै शिक्षा र स्वास्थ्य क्षत्रमा विकृति ल्याउन केपी सरकार पूर्णरूपमा सक्रिय रहेकाे गजुरेलले आराेप लगाएका छन् ।

 

मेडिकल माफियाहरूलाइ पाेस्नकाे निमित मेडिकल कलेजलाइ नियम विपरित सम्बन्धन दिएको भन्दै संयुक्त विद्यार्थी संगठनका नेताहरूले विरोध जनाएका थिए। 

 


त्यस्तै ६ वटा विद्यार्थी संगठनका अध्यक्षले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकाे,दाल, तेल,चामललगायत दैनिक उपभोग्य खाद्यवस्तुहरुकाे पनि मूल्यवृद्धि गरेकाे भन्दै विराेध जनाएका थिए। अझै पनि सरकारले आफ्नाे रवैया देखाइ रहे संयुक्त विद्यार्थी संगठनहरूले थप छलफल गरेर आन्दाेलन घाेषणा गर्ने समेत चेतावनी दिएका छन्। 

संयुक्त विद्यार्थी संगठनहरू