नेपालमा थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि,थप १२३ जना डिस्चार्ज

काठमाडौं,चैत ६।नेपालमा थप १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यो सँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजा ७ सय ५० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार १ जना सक्रिय संक्रमित छन्।

 

 पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६१ जनाको पिसिआर परीक्षण गर्दा १ सय २५ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ३० हजार ७ सय ८ पुगेको छ।

 

 पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार १६ जना पुगेको छ। हाल ५१ जना क्वारेन्टाइनमा छन्।

 

 पछिल्लो २४ घण्टामा १ सय २३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको मन्त्रालयले जनाएको छ।