प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ,कार्यसूची

काठमाडौं,चैत १०। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्न लागोको हो ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयलाई सर्वोच्च अदालतले बदर गरेर पुनःस्थापित गरेपछिको यो पाँचौ बैठक हो ।

 

आज बस्ने प्रतिनिध सभा बैठकमा तीन ओटा वार्षिक प्रतिवेदन पेस हुँदैछन । प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवदेन पेस गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

 

संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमले जारी गरेको सूचनामा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको छ ।

यस्तो छ,कार्यसूची-