यी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षाको सम्भावना

काठमाडौं,चैत १५। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरएिको छ।हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ।

हाल मौसमको अवस्था देशको पाहाडी भुभागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

 

 आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।अपराहन्न पश्चात देशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित फाटफुटरहल्का वर्षाको सम्भावना रहेको छ।

 

त्यस्तै आज राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित फाटफुटरहल्का वर्षाको सम्भावना रहेको छ ।

देशको पहाडी भूभागहरुमा आंशिक बदली रही अपराहन्न पश्चात पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित फाटफुटरहल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।