आज मिति २०७७ साल चैत्र १५ गते आइतबार भगवानको दर्शन गर्नुहोस् र राशिफल पढ्नुस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ-आज घुम्न जाने अवसर मिल्नेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । दिनको उत्तरार्ध सुखद् रहनेछ, तर सामान हराउन चैं सक्छ ।

 

 

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- आज सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

 

 

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । लाभदायक यात्रा रहला ।

 

 

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउनेछ । खनपिनमा विचारगर्नु पर्ला ।

 

 

धनु ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- मनमा निरासा र शरीरमा आलस्य आउला । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ ।

 

 

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, दा- आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि बढ्नेछ ।

 

 

वृष  इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । मनोरञ्जन पनि हुनेछ ।

 

 

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

 

 

कन्या  टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । बैदेशिक कार्य पनि अघि बढ्नेछ, तर खानपिनमा सावधानी अपनाउन जरूरी छ ।

 

 

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- लाभ,हानी, सुख,दुख वरावरी खालको दिन रहनेछ । ठुलो करोबारमा लगानी नगर्दा वेश हुनेछ । प्रियजनसंग भेटघाटको अवसर पनि मिल्नेछ ।

 

 

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्यामा सफलता पाइनेछ । प्रेममा प्रसङ्गमा मधुरता छाउनेछ ।

 

 

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफन्तको साथ पाईनेछ र मनोरञ्जनमा सहभागी पनि भाइनेछ ।-ज्यो.प. नारायणप्रसाद दुलाल