नेपालमा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि,थप १०२ जना डिस्चार्ज

काठमाडौं,चैत २३।  नेपालमा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित छन्।

 

 

पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३६ जनाको पिसिआर परीक्षण गर्दा २ सय ६६ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख ८९ हजार ८ सय २४ पुगेको छ।

 

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार ३६ पुगेको छ। हाल ६४ जना क्वारेन्टाइनमा छन्।

 

पछिल्लो २४ घण्टामा१ सय २ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७३ हजार ३ सय ४२ जना पुगेको मन्त्रालयले जनाएको छ।