विश्वको वायु प्रदूषित शहरहरूको सूचीमा काठमाडौँ एक नम्बरमा

काठमाडौँ,चैत २३। काठमाडौँ फेरि विश्वको वायु प्रदूषित शहरहरूको सूचीमा एक नम्बरमा परेको छ । वर्षा भएर प्रदूषण हटेको केही दिनमै फेरि उपत्यकासहितका शहरहरुमा वायु प्रदूषण बढेको हो ।

 

 

वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमको सोमबार बिहान १० बजेसम्मको अपडेटमा काठमाडौँलाई विश्वको सबैभन्दा धेरै वायु प्रदूषित शहरको एक नम्बरमा राखेको छ । काठमाडौँपछि दोस्रो नम्बरमा म्यान्मारको यान्गोन शहर परेको छ ।

 

 

एआईक्यू एयरका अनुसार काठमाडौँको वायु प्रदूषण (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) ३३१ पुगेको छ । सामान्यत एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । एक्यूआई ३ सय भन्दा माथि पुग्नुलाई स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

 

वातावरण विभागको मापनमा बिहान ९ः४५ बजे भक्तपुरको एआईक्यू ३४०, धादिङको ३७२, भरतपुरको ३५७ , सौराहाको ३०७ छ ।

 

काठमाडौंमा अहिले तुवाँले ढाकेको छ। घाम लाग्न सकेको छैन । काठमाडौंको भिजिबिलिटी १५ सय मिटर मात्रै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।