आज मिति २०७७ साल चैत २८ गते शनिबार साढे सातको शनिदोष हटाउन संकटा देवीलाई भेटी चढाएर राशिफल पढ्नुहोस्

मेष-घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ ।

 

 

बृष-व्यापाररव्यवसाय मध्यम रहेको छ । ज्ञान र चिन्तन उपयोगी बन्नसक्छ । बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।

 

मिथुन-सुरुवातमा चन्द्रमा कमजोर रहेकाले निराशाको अनुभूति हुनेछ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । पारिवारिक समस्या देखा पर्न सक्छन् । प्रतिस्पर्धामा फाइदा हुँदैन । यद्यपि वैदेशिक क्षेत्रमा सन्तोषजनक देखिन्छ । साँझपख दार्शनिक र बौद्धिक क्षेत्रमा मन जानेछ । सन्ततिपक्षका खुसीका खबर सुन्न पाइने छ ।

 

 

कर्कट-सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ ।

 

 

सिंह-वित्तीय पक्ष राम्रो छ । सहकर्मी एवं सहयोगीहरू टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढेपनि खर्च गर्न मन हौसिने योग छ । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ । मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंदैन ।

 

 

कन्या-मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । बन्दव्यापारबाट लाभ मिल्नेछ । फुर्सद नमिले पनि राम्रो नतिजा हात पर्नेछ । आर्थिक अवस्थामा दृढता आउने छ । कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूका लागि यथेष्ट लाभ लिन सकिने समय छ । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । दिन रमाइलो गरी बित्नेछ ।

 

 

तुला-दिनभरि विभिन्न बाधाअड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइला ग्ने छ ।

 

 

बृश्चिक-परोपकारको क्षेत्रमा मन जानेछ गाउँ गर अनि समाजले प्रशंसा गर्नेछन् ।बोलिचालीको प्रभाव ले महत्त्वपूर्ण काम कारोबारमा सफलता मिल्नेछ ।आफुले गर्ने काम कारोबारमा राम्रो अवस्था हुँदा हुँदै पनि विकल्पको खोजी गर्न तर्फ लाग्नाले दुख पाइन सक्नेछ ।सजक रहनुहोला कममा सफलता मिल्नेछ ।

 

 

धनु-काम कारोबार प्रति लगनशीलता रहनेछ जसको फाइदा आफैलाइ हुनेछ। समयको माग अनुसार काम कारोबार हुनाले मन सन्तोष रहने देखिन्छ ।बोलिमा मुठासता रहनेछ जसको फाइदा आफैले लिन पाइनेछ ।आफन्त तथा इष्टमित्रको सहयोग रहिनै रहनेछ।प्रशंसा गर्ने ब्यक्ती अत्याधिक हुनेछन् ।

 

 

मकर-साथिभाइ संग रमाइलो यात्रामा लाग्ने योग देखिन्छ । आफन्तहरुमा श्रद्धाभाब रहनेछ त्यो देखेर सबै मोहित पनि देखिनेछन।कुनै पनि काम कार्यमा धैर्यता साहस र पराक्रम को मात्रा बढेर जानेछ। औद्योगिक क्षेत्रमा कारोबार गर्नाले मनग्य आम्दानी लिन सकिने देखिन्छ ।

 

 

कुम्भ-चाहिने भन्दा धेरै काम कुरोमा चासो जाने देखिन्छ बुझेर ख्याल पुर्याएर मात्र आफू अनुकुलको काममा हात हाल्नुनै तपाइको लागि महत्वपूर्ण हुनेछ।यात्रा गर्दै हुनुहुन्छ भने ख्याल गरेर मात्र अगाडी भढ्नुहोला तपाईंको यात्रा अनर्थ पुर्ण हुन सक्ने योग देखिएको छ।खर्च बढ्न सक्नेछ ।

 

 

मीन-तपाइलाइ राजयोगयो प्रभाव रहने देखिन्छ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। देश कार बुझेर काम गर्नुहोला राम्रो हुनेछ।कसैको बोलिको प्रभाबमा नपर्नुहोला अन्यथा काम बिगार्न सकृय रहने ब्यक्ती धेरै हुनेछन् । बनी सक्न लागेको काममा पनि अवरोध आउन सक्नेछ।

ज्योतिष पं दिवाकर भेटुवाल