आफूसँग बहुमत रहेकाले राजीनामा नदिने प्रधानमन्त्री ओलीको प्रष्टिकरण,समर्थन फिर्ता लिएर हटाउन प्रचण्डलाई चुनौती

काठमाडौं,चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग बहुमत रहेकाले राजीनामा नदिने बताउनुभएको छ।प्रमुख प्रतिपक्षी कांग्रेस र माओवादी केन्द्रले राजीनामा मागिरहेका बेला प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताउनुभएको हो ।

 

काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिएर हटाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती दिनुभयो । प्रधानमन्त्री ओलीले आफूलाई माओवादीको समर्थन नचाहिएको पनि बताउनुभयो ।

 

माओवादी अध्यक्ष प्रचण्ड विरुद्ध निकै आक्रामक ढंगले प्रस्तुत भएका प्रधानमन्त्री ओलीले प्रचण्ड देश र लोकतन्त्र विरोधी भएको आरोप पनि लगाउनुभयो ।

 

आफूलाई हटाउन अहिले प्रधानमन्त्री बनाउनका लागि कांग्रेस र जसपाका नेताहरुसँग गुहार माग्ने काम भैरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यसलाई सफल हुन नदिने बताउनुभयो ।

 

प्रधानमन्त्री ओलीले देशलाई अघि बढाउने आफ्नो प्रयासमा अवरोध सिर्जना गरिएको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो।