आज यी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको संभावना

काठमाडौं,बैशाख ३०। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिणपूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।

 

 

हाल मौसमको अवस्था देशका अधिकांश भूभागमा सामान्य बदलीको रही गण्डकी प्रदेश तथा बागमती प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

 

 

आज दिउँसो देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एकदुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

 

 

त्यस्तै आज राती प्रदेश १ सहित देशका पहाडी भूभागहरुमा सामान्य बदली र बाँकि भूभागहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ का साथै अन्य पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एकदुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

 

 

देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावनाका साथै सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।