कोरोना संक्रमणको बेला यसरी गर्नूस् मानसिक स्वास्थ्यको रक्षा,यस्ता छन्,नौ उपायहरू

काठमाडौं। कोरोनाभाइरस सङ्क्रमणको महामारीले अहिले पूरै विश्वलाई आक्रान्त बनाएको छ। यससम्बन्धी अनेक किसिमका समाचारले हामीलाई चिन्तित बनाउन सक्छ। यसले मानिसको मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ। त्यसैले अहिले चिन्ताजन्य मानसिक समस्या भोगिरहेका धेरैले अहिलेको अवस्थामा विभिन्न चुनौतीको सामना गरिरहेका छन्।

यस्तो बेला आफ्नो मानसिक स्वास्थ्यको रक्षा यसरी गनुहोस् ।

 

१-समाचारलाई सीमित तुल्याउनुहोस् र आफूले पढ्ने सामग्रीबारे विचार पुर्‍याउने

 

२-विश्वसनीय सञ्चारमाध्यमलाई प्राथमिकता दिने। किनभने यस्तोबेला धेरै मिथ्या समाचार र हल्ला फैलिरहेका हुन्छन्। सरकारी र स्वास्थ्य संस्थाका वेबसाइटहरू हेर्ने ।

 

३-समाजिक सञ्जालबाट टाढै बस्ने र चिन्ता बढाउने सामग्री बन्द गरिदिने

 

४-चिन्ता लिने काम नगर्ने ।

 

५-ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालमा चिन्ता बढाउने सामग्री प्रकाशन गर्ने खाता पछ्याउन छोडिदिने तिनलाई म्यूट वा अन्फलो गरिदिने ।

 

६-हात धुने तर अति नगर्ने ।

 

७-एक्लै नबस्ने ।

 

८-आफूलाई तनाब हुने काम नगर्ने ।

 

९-योग अभ्यास वा व्यायाम गर्ने ।