कोरोना संक्रमणबाट वीरगञ्जमा पछिल्लो २४ घण्टामा मात्र १३ जनाको मृत्यु

काठमाडौं,जेठ २ । पछिल्लो २४ घण्टामा वीरगञ्जमा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । शनिबार बिहानदेखि आइतबार बिहानसम्मको रिपोर्ट अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा सो संख्यामा संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएका छन् ।

 

मृत्यु हुनेमध्ये नारायणी अस्पतालमा मात्रै ८ जना रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

 

 

यसबाहेक वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

 

मृतकमध्ये पर्साका ४, बाराका ७, रौतहटका १ र एक जना भारतीय नागरिक पनि छन् ।