जनताको जीवनरक्षा गर्ने बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको भन्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष गजुरेलले एक प्रेस विज्ञप्ति जारी गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग

काठमाडौं,जेठ ३। क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले नेपाल सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै तत्काल फिर्ता लिन चेतावनी समेत दिइएको छ।

 

जेठ २ गते फेरी पेट्रोल, डिजेल, मट्टितेल र हवाइइन्धनकाे मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिरहेको छ ।यस्तो गैर जिम्मेवार सरकारको जनविरोधी निर्णयको घोर निन्दा एवम् भत्सर्ना गरिएकाे छ।

 

त्यस्तै कोभिड–१९ को दोस्रो लहरबाट उत्पन्न त्रास,भय र अन्योलतामा रहेका जनतालाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर झन् आहात हुने काम सरकारले गरेको भन्दै भत्सना गरिएकाे छ।

 

यस्ताे बेला जनताको जीवनरक्षाका लागि सरकारलाई गम्भीररुपमा अघि बढ्न,रोग र भोकबाट जनतालाई मर्न नदिने वातावरण तयार गर्न समेत अपिल गदै अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलद्धारा जारी प्रेस विज्ञप्ति मार्फत सरकारलाइ चेतावनी दिइएकाे छ।  

यस्ताे छ, प्रेस विज्ञप्ति:-