एमाले स्थायी कमिटी बैठक सकियो,नेपालसहितका यी नेतालाई साधारण सदस्य समेत नरहने गरी कारबाही (नामावली सहित)

काठमाडौं,जेठ १०। नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । बैठकले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललाईसहितलाई कारबाही गरेको छ ।

 

उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गरेको हो । स्थायी कमिटीको आज सोमबार बसेको बैठकले खनाल र नेपाल सहित विघटित संसदका ११ जना सांसदलाई निष्कासन गरेको हो ।

 

 

बैठकले शनिवार स्पष्टिकरण मागिएका झलनाथ, माधव र भीम रावलसहित ११ जनालाई पार्टीको अनुशासन उल्लंघन गरेको र विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको अभियोगमा निष्कासन गरेको एक स्थायी कमिटी सदस्यले बताए ।

 

 

निष्कासनमा पर्नेमा समानुपातिकबाट सांसद बनेका रामकुमारी झाँक्री, मुकुन्द न्यौपाने, कलिला खातुन, सरला यादव, पुष्पाकुमारी कर्ण, निरादेवी जैरु, पुष्पा कर्ण कायस्थ र कल्याणी खड्का समेत छन् ।