एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता,३० दिन भित्र विश्वासको मत लिनुपर्ने

फाइल फाेटाे

काठमाडौं,जेठ १०। नेकपा एमालेले सुदुरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

 

बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

 

भट्ट नेकपा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री भट्टले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ।