कृषि क्षेत्रमा बजेट बढेर ४५ अर्ब ९ करोड पुग्यो

काठमाडौं,जेठ १५। आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोजन भएको छ । सरकारले कृषिमा बजेट विनियोजन गर्दै ४५ अर्ब बढी विनियोजन गरेको हो ।

 

 

चालु आर्थिक वर्षमा सरकारले कृषिमा ४१ अर्ब ४० करोड रुपैयाँको कृषि बजेट कार्यान्वयन गरिरहेको छ ।

 

 

सरकारले घोषणा गरेको यो बजेट रासायनिक मल खरीद गर्न दिइएको अनुदान सहित हो ।

 

 

यस्तै पौडेलले कारखाना खोल्नको लागि १२ अर्ब बजेट विनियोजन गरेको बताए ।

 

 

रसायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्ने योजना रहेको बताए ।

 

 

किसानलाई खेतीको लागि मलको अभाव हुन नदिन मलको व्यवस्था गरिसक्ने र मल उत्पादन कारखाना खोल्नको लागि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए ।