विद्युतिय सवारीमा सडक कर र भन्सारमा छुट दिने,पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विस्थापन गरिने

काठमाडौं,जेठ १५। विद्युतिय सवारी सञ्चालनमा सरकारले सहुलियत दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारी सञ्चालन गर्नेलाई सडक कर र भन्सारमा छुट दिने बताए ।

 

 

विस २०८८ सम्म साना पेट्रोलियम सवारी विस्थापनको लक्ष्य लिएको सरकारले यसका लागि सुझाव दिन कार्यदल समेत गठन गरेको छ। विद्युतीय सवारी खरीदमा छुट, पूर्वाधार निर्माणका लागि ठाउँ अवलवकनका लागि कार्यदल गठन गरिने उनले बताए ।

 

 

पेट्रोलियम सवारीलाई विद्युतीयमा रुपान्तरण गरेमा ५ वर्ष सम्म सडक कर र भन्सार छुट दिइनेछ।

 

 

विद्युतीय सवारी उत्पादन गर्ने विश्वका १० वटा कम्पनीलाई नेपाल भित्र्याइनेछ।