काठमाडौं उपत्यकाका सिडिओहरुको बैठक दिउँसो ३ बजे बस्दै,निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै,यी क्षेत्र खुल्ला गर्ने तयारी

काठमाडौं,जेठ १८। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ) को बैठक दिउँसो ३ बजे आज बस्ने भएको छ । बैठकले निषेधाज्ञाका मोडालिटी परिवर्तन गर्नेबारे निर्णय हुने बताइएको छ ।

 

 

 

काठमाडौंका सिडिओ कालिप्रसाद पराजुली, भक्तपुरका सिडिओ प्रेम प्रसाद भट्टराई र ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला सहभागी बैठकमा बन्द गरिएको किराना पसल र डिपार्टमेन्ट स्टोर खुल्ला गर्ने तयारी गरिएको छ ।

 

 

 

सार्वजनिक निर्माण पनि खुल्ला गर्ने प्रशासनको तयारी छ । जेठ १४ मा थप गरिएको निषेधाज्ञाको समय दुई दिन बाँकी छ।

 

 

बैठकले निषेधाज्ञाको समय थप गर्ने बताइएको छ ।निषेधाज्ञा तत्काल खुल्ला गर्ने अवस्था नआएको प्रमुख जिल्ला अधिकारीहरुले निष्कर्ष निकालेका छन् ।