कोरोना विरुद्धको खोप लगाएपछि देखिने सामान्य असरहरु,यस्ता छन्

काठमाडौं। सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान संचालन कसरी गरिरहेको छ । धेरैले कोरोना विरुद्धको खोप लगाइसकेका छन् ।

 

 

खोप लगाइसकेपछि देखिने असरहरुका करण कतिपय व्यक्तिहरु यो खोप लगाउन डराउने गरेका छन् । तर चिकित्सकका अनुसार खोप लगाइसकेपछि यस्ता असर देखिनु सामान्य भएको बताउँछन् ।

 

 

कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् ।

 

 

यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन् ।