प्रतिनिधिसभा विघटनविरुद्धको रिटको आजपनि सुनुवाइ हुँदै

काठमाडौं,जेठ १८। प्रतिनिधिसभा विघटनविरुद्ध परको रिटको सुनुवाइ आज पनि हुने भएको छ। आइतबारको सुनुवाइ सकिएपछि आजका लागि मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। इजलास गठनकै विषयमा विवाद केन्द्रीत भएपछि सोमबारका लागि सुनुवाइ तोकिएको थिएन्।

 

 

३० वटा रिटमाथी शुक्रबार देखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो। आइतबारको बहसमा संवैधानिक इजलासमा रहेका दुईजना न्यायाधीशबारे पक्षका कानुन व्यवसायीहरुले सवाल उठाएका थिए।

 

 

न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ संवैधानिक इजलासबाट बाहिरिनुपर्ने रिट निवेदकको मागपछि सुनुवाइ रोचक हुने देखिएको छ।

 

 

सोमबार यसविषयमा आदेश आउने भनिए पनि न्यायाधीशकै बीचमा विवाद देखिएपछि हुन सकेन्। सम्भवतः आज इजलास बस्नु अघि नै दुई न्यायाधीशबारे निर्णय हुने देखिएको छ।