जसपा अध्यक्ष ठाकुरद्वारा अर्का अध्यक्ष यादवलाई पार्टीबाट निष्कासन

काठमाडौं,जेठ १८ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ ।

 

 

यादव पक्षले ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय गरेको केही घण्टा बित्न नपाउँदै त्यसको जवाफमा ठाकुर पक्षले यादवलाई पनि पार्टीबाट निकालेको हो ।