हस्तमैथुन,यौन स्वास्थ्यको सकारात्मक आधार हो ?

काठमाडौं। पुरुष वा महिलाले आफ्ना यौन अङ्गहरुलाई आँफै उत्तेजनामा ल्याएर यौन सन्तुष्टि लिने प्रक्रियालाई हस्तमैथुन भनिन्छ ।

 

हस्तमैथुन एउटा सामान्य यौन व्यवहार हो । हस्तमैथुन सबै उमेर र लिंगका व्यक्तिले प्रयोग गर्ने आत्मरतिको माध्यम हो ।

 

वास्तवमा उमेर पुगेपछि हस्तमैथुन गर्नु यौन सन्तुष्टिको उपयुक्त माध्यम हो भने यौन स्वास्थ्यको सकारात्मक आधार पनि हो ।

 

यसले व्यक्तिको तनावलाई घटाउन सहयोग गर्दछ । हस्तमैथुन विभिन्न तरिकामध्ये हात वा हातसँग अन्य सामान्य अथवा विद्युतीय साधन, भाइब्रेटर, जी स्पट स्टिमुलेटर, थुक, जेलीको प्रयोगद्वारा यौनांगको घर्षण वा मर्दन सबैभन्दा बढी प्रयोग हुने तरिका हुन् ।

 

 

जिब्रो र ओठको प्रयोग पनि त्यसपछि बढी प्रयोग हुने तरिकामध्ये पर्छन् । मुखमैथुनभन्दा अलग्गै हस्तमैथुनका लागि पनि यिनीहरूको प्रयोग भएको पाइन्छ । यसबाहेक यौनांगलाई अन्य कुनै नरम सतहमा घर्षण गर्ने प्रक्रिया पनि प्रचलनमा छ ।

 

 

हस्तमैथुन गल्ती होइन । यो आनन्द अनुभूत गर्ने प्राकृतिक तरिका हो । यसले स्वंमलाई आनन्द दिलाउँछ । यो नितान्त व्यक्तिगत कुरा पनि हो । सार्वजनिक स्थानमा यस्तो काम गर्नु गैर कानुनी मानिन्छ ।

 

 

हस्तमैथुनलाई सकारात्मक रुपमा लिनु जरुरी छ किनकि हस्तमैथुन नगरी यौन सन्तुष्टिको लागि वेश्यालय जाने, पर-पुरुषगमन वा पर-स्त्रीगमन गर्ने, केटी वा केटा साथीहरुसँग यौन सम्पर्क राख्ने आदि गर्दा विभिन्न शारीरिक, मानसिक र सामाजिक समस्याहरु निम्तिन सक्दछन् जस्तो शारीरिक समस्याहरुमा यौनरोग सर्ने, एड्स सर्ने, गर्भधारण हुने आदि हुन्छन् भने मानसिक तथा सामाजिक समस्याहरुमा अनावश्यक तनाव हुने, समाजमा बेइज्जत हुनुपर्ने आदि देखिन्छन् ।

 

 

हस्तमैथुनले हाम्रो शरीरमा कुनै पनि नकारात्मक असर पार्दैन तर तपाईंले यसलाई बढी सोच्ने र डर, चिन्ता, पीर लिएमा र जति बेला पनि हस्तमैथुन गरि राखेमा भने गम्भीर नकारात्मक असरहरु पनि पर्न सक्दछन् ।

 

 

तसर्थ, यस्तो अवस्थामा भने सावधान रहनु पर्दछ । हस्तमैथुन वास्तवमा तपाई स्वस्थ भएको संकेत पनि हो । तुलनात्मक रुपमा हस्तमैथुन युवतीहरु भन्दा पुरुषहरुको संख्या बढी छ ।