सुदूरपश्चिमले पायो कोरोनाविरुद्ध ८५ हजार मात्रा खोप, कुन जिल्लामा कति (सूचीसहित)

काठमाडौं,जेठ २४। सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको ८५ हजार मात्रा खोप आइपुगेको छ । चीनबाट आयात गरिएको उक्त खोप सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले यहाँका नौवटै जिल्लालाई हस्तान्तरण गरिसकेको छ ।

 

 

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र गोल्डेन असिस्टेन्ट राजेन्द्र अवस्थीले पहिलो चरणमा यहाँ ६० देखि ६४ वर्ष उमेर समूहका लागि लगाइने बताए।

 

 

केन्द्रबाट आएको खोप जिल्लाहरुमा वितरण गरिएको छ । उनले सुदूरपश्चिमका नौवटै जिल्लाका स्वास्थ्य कार्यालयलाई ४५ हजार ए९३ डोज हस्तान्तरण गरिएको बताए।

 

 

आपूर्ति केन्द्रका अनुसार कैलाली स्वास्थ्य कार्यालयलाई १३ हजार ६१०, कञ्चनपुरलाई सात हजार ५७०, अछामलाई चार हजार १०२, डोटीलाई तीन हजार २० डोज हस्तान्तरण गरिएको छ ।

 

 

त्यसैगरी डडेल्धुरालाई २५८, बैतडीलाई तीन हजार ७८०, दार्चुलालाई तीन हजार २४३, बझाङलाई तीन हजार १६८ र बाजुरा स्वास्थ्य कार्यालयलाई चार हजार ४४२ दिइएको छ ।

 

 

यसअघि सुदूरपश्चिममा कोरोना सङ्क्रमणसित अग्रपङ्क्तिमा जुध्ने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मी, सञ्चारकर्मी, ज्येष्ठ नागरिक लगायतलाई खोप लगाइएको थियो ।