ओलीलाई चुनाैति दिदै,प्रचण्ड-नेपालबीच गोप्य भेटवार्ता,एकताको कति सम्भावना 

काठमाडौं,जेठ २४। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीेल एकताको प्रस्ताव राखेसँगै माधव नेपाल आफ्नो पक्षका नेताहरुसँग छलफलमा रहेका छन् ।
आजै स्थायी कमिटीका सदस्यहरुलाई पनि छलफलमा बोलाइएको छ । यसैबीच नेता नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । आफ्नै समूहमा पनि एकताका लागि दबाव रहेका बेला उनले प्रचण्डसँग छलफल गरेका हुने ।
कोटेश्वरमा भएको भेटमा प्रचण्ड र माधव नेपालबीच अबको रणनीतिका बारेमा छलफल चलिरहेको स्रोतले बताएको छ ।