अनियमित महिनावारीले चिन्तित हुनुहुन्छ,यस्तो गर्नुहोस्

काठमाडौं। रजस्वला महिलाहरुमा हुने प्राकृतिक प्रक्रिया हो । जसलाई महिनावारी पनि भनिन्छ । यो किशोरी अवस्थामा सुरु हुन्छ ।प्राय जसो महिनावारी ११ देखि १३ वर्षमा सुरु हुन्छ ।

 

 

पहिलो पटक महिनावारी भइसकेपछि यो अनियमित हुन्छ ।यसका कारण अधिकांश किशोरीहरु तथा महिलाहरुमा एकदमै ठूलो समस्या बनेको छ ।

 

महिनावारी अनियमित हुनबाट बच्न घरेलु उपायहरु 

अदुवा- यसको सेवनले महिनावारीलाई नियमित गराउँन मद्धत गर्दछ ।त्यसैले यसलाई पिसेर एक गिलास पानीमा केहि समय उमाल्ने ,र त्यसमा स्वाद अनुसारको चिनी पनि राख्न सकिन्छ । 

 

 

यसरी बनाइएको मिश्रणलाई खाना पछि दिनमा कम्तीमा पनि तीन पटक सेवन गर्ने ।एक महिना सम्म अदुवाको मिश्रण बनाएर पिउनाले महिनावारी हुदा पेट दुख्न कम हुनुका साथै अन्य धेरै कुराको समधान गर्दछ ।

 

 

तुलसी- यसमा प्राकृतिक एन्टीअक्सीडेन्ट हुनेहुनाले एन्टी –इन्फामेटरी र एन्टी–माइक्रोबियल गुण पाइन्छ ।त्यसैले यसमा पाइने तत्वले तनाव कम गर्नुका साथै कोर्टिसोल हर्मोनको मात्रा पनि सन्तुलन गर्दछ । १० ग्राम तुलसीको दानामा पानी उमालेर दैनिक रुपमा बिहान पिउँने गर्नाले महिनावारी नियमित रुपमा हुन्छ ।

 

 

बदाम- महिनावारीमा हुने अनियमितलाई कम गर्नका लागि बदाम र त्यसमा केहि मात्रामा छोकडा पानीमा भिजाएर र यसमा केहि मात्रामा मिश्री मिसाएर बिहान दैनिक रुपमा पिउँने ।

 

 

मेवा- यसमा धेरै प्रकारका पोषण तत्व,एन्टी अक्सीडेन्ट तथा रोग कम गर्ने गुण हनाले महिनावारी अनियमित हुदा देखा पर्ने विभिन्न प्रकारका समस्याहरु कम गर्नका लागि काँचो मेवाको प्रयोग गर्ने ।