आन्तरिक हवाइ उडान आइतबारदेखि सुचारु हुने,पुरै सिटमा यात्रु राख्न पाउने

काठमाडौँ। आन्तरिक हवाइ उडान आइतबारदेखि सुचारु हुने भएको छ। मन्त्रिपरिषद्ले नियमित उडानको तालिका सार्वजनिक गरी उडान गर्न निर्देशन दिएसँगै आन्तरिक उडान सुरु गर्नेगरी तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

 

 

 

जहाजको पुरै सिटमा यात्रु राखी उडान गर्ने हवाइ उडानमा ५० प्रतिशत यात्रु राखेर उडान गर्न असम्भव हुने बतइएकाे छ।  पुरा सिटमा यात्रु राखेर उडान भर्न पाउने भएकाले भाडा वृद्धि गर्न नपाउने भएका छन्।  

 

 

  नेपालमा कोभिडको जोखिम नघटेकाले पनि जोखिम क्षेत्र हेरेर उडान गर्न सकिने छ । जोखिम कम क्षेत्र भएका ठाउँबाट उडान सुरु हुने भएकाे छ।पोखरामा भने कोभिडको जोखिम भएकाले त्यहाँ तत्कालै उडान हुन नसक्ने बताइएकाे छ। 

 

 

मन्त्रालयले कुन-कुन क्षेत्र कोभिडको उच्च जोखिममा भनेर त्यसको जानकारी उपलब्ध गराउने भएकाे छ। 

 

 

निषेधाज्ञा अबधिभर उडान भरिरहेका वायुसेवा कम्पनीलाई ५० प्रतिशत मात्र उडान गर्न दिने र  एउटा कम्पनीले गन्तव्य क्षेत्रमा दिनमा एउटा मात्र उडान गर्न पाउने भएका छन्।