ओलीले निवास नछोड्न भने पनि,मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णयलाई अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् ।

 

 

सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन् । पदमुक्त भएका मन्त्रीहरूलाई प्रधानमन्त्री केपी ओलीले निवास नछोड्न भने पनि उनीहरू मन्त्री निवासबाट पनि बाहिरिन थालेका छन् ।

 

 

पदमुक्त भएका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले अदालतको पूर्ण आदेश नआएसम्म काम गर्न र नगराउन दिएको अन्तरिम अदेशलाई सम्मान तथा कार्यान्वयन गर्ने बताउनुभयो ।

 

 

कोरोनाको खोप प्राप्ति तथा विपद् व्यवस्थापनको समयमा जिम्मेवार मन्त्रालयहरू नेतृत्वविहीन हुनु दुःखद् भएको उहाँको भनाइ छ ।

 

 

जनता समाजवादी पार्टी ओली नेतृत्वको सरकारमा सहभागी भएपछि प्रधानमन्त्री ओलीले गत जेठ २१ र २७ गते मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो । २५ मन्त्रीमध्ये ११ जना जनता समाजवादी पार्टीका मात्र थिए भने बाँकी ९ जना एमालेका थिए ।