नेपालमा थप २४२१ जनामा कोरोना संक्रमण पुष्टि,थप ३५५८ जना संक्रमणमुक्त

कामठाडौं । नेपालमा थप २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र ४९५३ जनाको एन्टिजेन परीक्षणमा ९१० जना गरी २४२१ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

कोरोना संक्रमणबाट थप ८१ जनाको मृत्यु भएको छ। जसमध्ये पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको हो । बाँकी २९ जना भने विगतको तथ्यांकमा समावेश गरिएकाे मन्त्रालयले जनाएकाे छ। 

 

पछिल्लो २४ घण्टामा ३५५८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ५० हजार ५२० रहेको छ।  

 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९७ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा ३४६, ललितपुरमा ९७ र भक्तपुरमा ५७ जनामा संक्रमण पुष्टि भएकाे मन्त्रालयले जनाएको छ ।