ओलीलाइ संकट परेपछि सम्पूर्ण कमिटी ०७५ जेठ २ मा फर्काउने निर्णय, तोकियो घोषणाको मिति

काठमाडौं।नेकपा एमाले भित्रको विवाद पेचिलो बन्दै गएपछि  अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली थप लचकबन्ने संकेत गरेका छन् ।

 

 

कारवाहीमा परेका वरिष्ठ नेता नेपालले पार्टी एकताको सम्भावना कायमै राख्न २०७५ जेठ २ को कमिटीलाई मान्यता दिनुपर्ने बताइरहेका बेला ओलीले थप लचिलो बन्ने संकेत गरेका हुन् ।

 

 

नेपाल समूहको माग अनुसार एमालेलाई जेठ २ मा फर्काउने तयारी बैठकले गरेकाे छ।सर्वोच्च अदालतले समेत १० औं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई मान्यता नदिएपछि ओली आफ्नो निर्णयबाट ब्याक हुने निष्कर्षमा पुगेका हुन्।

 

 

आइतबार बसेको स्थायी कमिटी बैठकले आगामी असार १६ गते पार्टीका सम्पूर्ण संरचना ०७५ जेठ २ मा फर्किएको औपचारिक निर्णय गरिने निर्णय गरेको हो ।

 

 

स्रोतका अनुसार नेपाल एमालेमा नफर्किएपनि अन्य नेता कार्यकर्ताहरुलाई मुलधारमा ल्याउन सो घोषणा हुने तयारी ओलीले गरेका हुन् ।

 

 

महाधिवेशन आयोजक कमिटी बैठक बोलाएर १६ गते सो घोषणा हुने बैठकमा सहभागी एक नेताले बताए ।

 

 

स्थायी कमिटी बैठकमा नेता नेपालको विषयमा पनि छलफल भएको छ । छलफलमा नेताहरुले अब नेपाल एमालेमा फर्किन सम्भावना सकिँदै गएको बताएका थिए ।

 

 

माधवपक्षीय नेताहरूसँगका वार्तामा सहभागी नेताहरुले बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष वा प्रधानमन्त्री दिए पनि नेपाल एमालेमा नफर्किने बिफ्रिङ गरेको बताइएको छ ।

 

 

 

नेपाल आफैंले शनिबार पत्रकारहरूसँग आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको खुलासा गर्दै तर विपक्षी गठबन्धन छाडेर ओलीसँग मिल्न नजाने प्रष्ट पारिसकेका छन् ।

 

 

बैठकमा केही नेताले एकताका लागि र माधव नेपाललाई एमालेमा राख्नका लागि अधिकतम लचिलो बन्न अध्यक्ष ओलीलाई सुझाव दिएका थिए ।