दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन ओलीको निर्देशन,फिर्ता भएन भने पार्टी एकता हुन्‍न 

काठमाडौँ।एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिनभित्र हस्ताक्षर फिर्ता नभए पार्टी एकता नहुने बताएका छन् ।

 

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका सांसदलाई छुट नभएको बताएका छन् ।

 

 

 ‘यदि दुई दिनभित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेसको नेतालाई प्रम बनाउन एमालेका सदस्यलाई छुट छैन,’ बैठकमा ओलीले भने, ‘यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु पार्टी फुटको घोषणा हो ।

 

 

एमालेले देउवाको पक्षमा हस्ताक्षर गरेका आफ्ना २३ सांसदलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन् ।
यस्तै, ओलीले माधव नेपाललाई फोन गरेर भेटौं भन्दा नमानेको बताए ।

 

 

‘मैले भेटौं भनेर हिजो बेलुकी माधवलाई फोन गरें । २०–२५ मिनेट कुरा गरें । भेटौं भन्दा माधवले मान्नुभएन,’ उनले भने, ‘मलाई तपाईंको फोन नै उठाउने मन थिएन, साथीहरूको दबाबले मात्र उठाएको हुँ भनेर माधवले भन्नुभयो उनले बताएका छन् ।