रुसमा समाजवादी निर्माणको प्रथम चरणको संक्षिप्त अनुभव

-हुकुमबहादुर सिंह

नेपालका करीव सबै जसो राजनीतिक पार्टीले आफ्नो पार्टीको घोषणापत्रमा समाजवादवारे संक्षिप्तमा केही न केही लेखेका छन् ।

 

आफ्नो पार्टीको नामसँग समाजवादी जोडनेहरुको संख्या पनि कम छैन । नेपालको संविधान २०७२मा त समाजवाद उन्मूख अर्थतन्त्र भनिएको छ ।

 

 

 

सरकार र प्रतिपक्ष सबैले त्यसलाई समर्थन गरेका छन् तर सरकारमा गएका तिनैले आफ्नो आर्थिक नीति उदार पुँजीवादी अर्थनीति अंगिकार गरेका छन ।

 

 

पार्टीका घोषणापत्रमा समाजवाद तर व्यवहारमा यसको ठिक विपरित समाजवादी होइन उदार पुँजीवादी अर्थनीति अंगिकार गरिएको छ ।

 

 

समाजवाद शब्द जनतालाई ठग्ने एउटा साधन बनेको छ नेपालको राजनीतिमा । समग्रतामा दलाल पुँजीवाद हावी देखिएको छ । हरेक संससदवादी पार्टीहरुमा वैदेशिक शक्तिकेन्द्रहरुको चलखेल अत्यधिक छ ।

 

 

नेपालको एउटा कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको नेकपाले नेपालमा समाजवादको स्थापना गर्ने वेग्लै प्रक्रिया अगाडि सारेको छ–जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादको स्थापना ।

 

 

अन्य संसदीय पार्टीहरुले झै केबल समाजवाद मात्रै होइन वैज्ञानिक समाजवाद नै स्थापना गर्ने भनेको छ । उसले अगाडि सारेको एकिकृत जनक्रान्तिको कार्यदिशाको एउटा महत्वपूर्ण कडीको रुपमा जनमत सँग्रह भनेको छ ।

 

 

 

मानौ जनमत सँग्रह नभए एकिकृत जनक्रान्तिको कार्यदिशा लङगडो बन्न जान्छ । क्रान्तिको कडी टुट्ने छ । र वैज्ञानिक समाजवादको स्थापना पनि हुने छैन ।

 

मधेसी मोर्चा पार्टीले भन्ने समाजवाद, नेकाँको समाजवाद, एमाले र माओवादी केन्द्रका समाजवाद आदिले अघिल्लो नीर्वाचनताका काफी भ्रम पारेता पनि अव भने खासै भ्रम पार्न सक्दैन किनभने नेपाली जनतालाई थहा भयो यिनीहरुले भन्ने समाजवाद सारमा दलाल पुँजीवादभित्रको प्रतिक्रयावादी समाजवाद हो, वैज्ञानिक समाजवाद होइन, किनभने वैज्ञानिक समाजवाद नै सही मानेमा सही समाजवाद हो, माक्र्सवादी–लेनीनवादी–माओवादीले अङगाल्ने समाजवाद हो ।

 

 

अहिले विप्लव नेतृत्वको नेकपाले अगाडि सारेको समाजवाद, जसलाई उनीहरुले वैज्ञानिक समाजवाद भनेका छन्, क्रान्तिबाट नभई शान्तिपूर्ण रुपले जनमत सांग्रहव्दारा प्राप्त गरिने भनेकोछ, काफी भ्रमपूर्ण छ ।लामो समयदेखि नेपाली कम्युनिस्टहरुबीच मदन भण्डारीको जबजले काफी भ्रम पारेको इतिहास छ ।

 

 

जसको सक्कली रुप अहिले ओली सरकारले देखाएको छ–जबज भनेको दलाल संसदीय व्यवस्थाको एउटा खम्वा हो, यसले वैज्ञानिक समाजवाद तर्फको मार्ग अवरुद्ध पार्ने काम गर्दछ । माओवादी केन्द्रबाट त त्यो अव सम्भव नै छैन ।

 

 

विप्लव नेतृत्वले अगाडि सारेको जनमत सँग्रहमार्फत वैज्ञानिक समाजवादको जे कुरा गरिरहेको छ, त्यसवारे बेलेमा स्पष्टताको खाँचो छ, उनकै पार्टी र अन्य कम्युनिस्टहरु बीच, बहसको खाँचो छ ।

 

 

यसै उद्येश्यलाई ध्यानमा राखेर यो लेखमा विश्वमा पहिलो पटक वैज्ञानिक समाजवाद स्थापना गरिएको रुसमा के कस्तो अनुभव छ, त्यसलाई समेटने प्रयास गरिएको छ ।

 

 

 

यद्धपि विप्लव नेतृत्वले अगाडि सारेको जनमत सँग्रहमार्फत वैज्ञानिक समाजवादको स्थापनासँग यसको कुनै पनि कोणमा सामिप्यता पाइदैन ।

 

 

नेपालमा अहिले उठेका विभिन्न विचारहरुजस्तै सन् १९१७को अक्टोवर क्रान्तिको समय वोरीपरी समाजवादको निर्माणसित सम्वन्धीत रसियामा मुख्यतः दुई प्रकारका तथाकथीत माक्र्सवादी विचारहरू थिए ।

 

 

एउटा विचार मेन्सेविकहरूद्धारा र उनीहरूजस्ता अन्य प्रतिनिधित्वद्धारा गरिएको थियो । ती मानिसहरू समाजवादी क्रान्तिलाई अगाडि बढाउनु पर्दछ भन्ने विचारका विरोधी थिए र पुँजीपतिहरूकै हातमा शक्ति रहेको देख्न चाहन्थे ।

 

 

उनीहरूको तर्क (अर्गुमेण्ट) थियो कि किनभने पुँजीवादले पूर्णरूपले विकास गरिसकेको थिएन् र उत्पादनका साधनहरू खासगरी कृषिमा केन्द्रीत थिए, त्यसैले सर्वहाराका लागि सत्ता कब्जा गर्ने कुरा असान्दर्भिक थियो ।

 

 

तिनीहरूले प्रस्ताव राखे कि सर्वहाराले केही समय पर्खनु पर्दछ जबसम्म पुँजीवादले पुँजीपतिको शासन अन्तरगत केही हदसम्म विकास गरेर जावस ।

 

 

यसले उत्पादनका सबै साधनहरूको राष्ट्रियकरण गरेर समाजवादको निर्माणको लागि परिस्थिति बनाउने छ । मेन्सेविकहरू यसरी समग्रमा सर्वहाराले सत्ता खोस्ने र समाजवादी निर्माणको कार्यक्रमसित अगाडि जानेको विरोधी थिए ।

 

 

विप्लव नतृत्वको नेकपाले पनि समग्रमा सर्वहाराले सत्ता खोस्ने कुरा एकिकृत जनक्रान्तिको कार्यदिशामा पर्दैन ।

 

अर्कोतीर बोल्सेविक पार्टीभित्रको अर्को एउटा समूह थियो,जसलाई ‘वाम’कम्युनिष्टहरू भनिन्थ्यो, त्यसले अर्को विचारको प्रतिनिधित्व गर्दथ्यो ।

 

 

 

उनीहरूको अडान थियो कि सत्ता क्याप्चर गरिनु पर्दछ र उत्पादनका सबै साधनहरूलाई तुरून्तै राष्ट्रियकरण गरिनु पर्दछ । राष्ट्रियकरणगर्दा साना र मध्यम किसानहरू र अन्य उत्पादकहरूका सम्पत्ति खोसेर गनु पर्दछ ।

 

 

 

यी ‘वाम’ कम्युनिष्टहरूले यसरी किसानवर्गलाई एउटा शत्रुतापूर्ण हानी पु¥याउने अडान लिन चाहन्थे र यसरी क्रान्तिको प्रमुख मित्रलाई नै धपाएर पठाउन चाहन्थे ।

 

लेनिनले, यी दुई प्रवृतिहरूका विरूद्ध संघर्षमा समाजवादी निर्माणका लागि सही मार्ग खिंचेको पाइन्छ । समाजवादी निर्माणका लागि लेनिनले अगाडि सारेका रुसमा समाजवादी नीमार्णको मार्गको प्रमुख पक्षहरू निम्न बूँदाहरूमा राख्न सकिन्छः

 

१-सर्वहाराले मौका वा अवसरलाई गुम्न दिन हुँदैन् तर सत्ता आफ्नो हातमा लिनका लागि उपयुक्त परिस्थितिहरूको पूर्ण उपयोग गर्नु पर्दछ । केबल पर्खेर बस्नु भनेको पुँजीवाद अगाडि जानेछ र साना र मध्यम व्यक्तिगत उत्पादकहरूको लाखौको जीवनलाई नर्कमा लैजाने छ ।

 

२- उद्योगमा हुने उत्पादनका साधनहरू जवरजस्ति जफत गरिनु पदंछ र सार्वजनिक सम्पत्तिमा बदलि दिनु पर्छ ।

 

३- साना र मध्यम व्यक्तिगत उत्पादकहरूलाई क्रमसः उत्पादकहरूको सहकारीहरू जस्तै ठूला कृषि इन्टरप्राइजेजहरूमा, सामूहिक कृषि फर्महरूआदिमा एकतावद्ध गरिनु पर्छ ।

 

४- उद्योगलाई उच्चतम विन्दुसम्म विकास गरिनु पर्छ र संयुक्त कृषि फर्महरूलाई ठूलास्तरका उत्पादनको आधुनिक प्रवृद्धिको आधारमा राखिनु पर्छ । सामूहिक फर्मको सम्पत्ति जफ्त गरिनु हुँदैन, तर त्यसको वदलामा तिनीहरूलाई हार्दिकताका साथ पहिलो वर्गका ट्रयाक्टरहरू र अन्य मेसिनहरूको आपूर्ति गरिनु पर्छ ।

 

 

५- किन्ने र बेच्नेमार्फत अदलाबदली गर्ने जस्तै सामानहरूको उत्पादन एउटा केही अवधिका लागि सुरक्षित गरेर राखिनु पर्दछ किनभने किसानहरूले नगर र देशबीचमा आर्थिक गाठोको कुनै अन्य प्रकारहरू स्विकार गर्ने छैनन् ।

 

 

यद्धपि व्यापार केबल, सोभियत व्यापारमार्फत मात्रै गरिनुपर्छ खासगरी राज्य, सहकारी र सामूहिक फर्महरूबीचमा । यसैलाई पुरा विकास गरिनु पर्दछ र सबै प्रकारका र सबै विवरणका पुँजीवादीहरूलाई व्यापार कृयाकलापबाट हटाइनु पर्छ ।

 

यी पाँच वटा बूँदाहरू, पहिला खुडकिलाहरू, सत्ता खोस्ने कुरा र ठूला उद्योगहरूलाई राष्ट्रियकरण गर्ने कुरा पहिलो केही महिनाहरूभित्रैमा पूर्ण गरिएका थिए ।

 

 

यद्धपि समाजवादी निर्माणका प्रक्रियाहरूमा अन्य खुडकिलाहरूलाई तुरून्तै लागु गर्न सकिएन किनभने पहिलो सर्वहारा राज्यले शत्रुहरूको चौतर्फी आक्रमणका कारण ज्यादै कठिन अवस्थाहरूको सामना गर्नु प¥यो ।

 

 

गृह युद्धले गर्दा राज्यलाई कसरी बचाउने भन्ने प्रश्न प्रमुख थियो । आपतकालिन उपायहरूको एउटा सेट जसलाई ‘वार कम्युनिज्म’ भनिन्थ्यो लागु गरियो ।

 

 

‘वार कम्युनिज्म’ अन्तरगत सोभियत सरकारले मध्यम र साना उद्योगहरूको नियन्त्रण आफ्नो हातमा लियो, साथै ठूला स्तरका उद्योगहरू, यसले अनाज व्यापारको एउटा राज्य एकाधिकार लागु ग¥यो र अनाजमा नीजी व्यापारलाई बन्देज लगायो ।

 

 

यसले अतिरिक्त–विनियोजित प्रणाली स्थापित ग¥यो, जस अन्तरगत किसानहरूका उत्पादित सबै बचत एउटा निश्चित मूल्यमा राज्यलाई हस्तान्तरण गर्नु पर्दथ्यो, र अन्त्यमा पुँजीपतिका लागि शारिरिक पश्रिम अनिवार्य बनाउदै सबै वर्गहरूका निम्ति सार्वभौम लेवर सेवा लागु ग¥यो ।

 

 

 

यसरी अग्र भागमा मजदुरहरूलाई ज्यादा महत्वपूर्ण उत्तरदायित्वहरू प्रदान गर्दै गयो । ‘वार कम्युनिज्म’को यो नीति यद्धपि युद्धको आवश्यकतालाई पुरा गर्न एउटा अस्थाई प्रकृतिको थियो ।

 

 

 

यसले समग्र जनतालाई युद्धका लागि परिचालन गर्न मद्त ग¥यो र यसरी १९२०को अन्त्यसम्ममा सबै विदेशी हस्तक्षेपहरू र आन्तरिक प्रतिक्रियावादीहरूको पराजयमा परिणाम निष्कयो र नयाँ सोभियत गणतन्त्रको सार्वभौमिकता र स्वतन्त्रताको संरक्षणको सफलता भयो ।

 

 

१९२१बाट रसियामा परिस्थितिमा अर्को वदलाव आयो । गृह युद्धमा विजय पुरा गरेपछि मुख्य काम आर्थिक पुनस्थापनाको शान्तिपूर्ण कामलाई सिफ्ट गर्नु पर्ने थियो ।

 

 

यसका लागि वार कम्युनिज्मबाट नयाँ आर्थिक नीतिमा एउटा नीतिगत सिफ्ट ल्याइयो । जस अनुसार किसानहरूबाट अनिवार्य बचत विनियोजनलाई रोकियो ।निजी व्यापारलाई पुन सुरूवात गरियो र नीजी उत्पादनकर्ताहरूलाई साना व्यापारहरू सुरू गर्न अनुमति दिइयो ।

 

 

 

यो आवश्यक थियो किनभने ‘वार कम्युनिज्म’ का उपायहरू धेरै टाडा अगाडि गइसकेको थियो र पार्टीको जनआधार खासगरी किसानका केही भागहरूले नाराजगी प्रदर्शन गरेका थिए ।

 

 

यद्धपि ट्रट्स्किवादीहरूले कडारूपमा नयाँ आर्थिक नीति९नेप० लाई केही होइन् केबल एउटा प्रतिगमन हो भनेर विरोध गरेका थिए ।

 

 

मार्च १९२१ म भएको पार्टीको दशौ कंग्रेसमा लेनिन ट्रट्सकाइटहरूका विरूद्ध उत्रिए र कंग्रेसको नीतिमा आएको परिवर्तनबारे कंग्रेसलाई कन्भीन्स गरे ।

 

 

त्यसपछि कंग्रेसले यसलाई स्विकृति दियो । जुलाई १९२१मा भएको कम्युनिष्ट अन्तराष्ट्रियको तेस्रो कंग्रेसमा लेनिनले प्रस्तुत गरेको उनको प्रतिवेदन रसियन कम्युनिष्ट पार्टीको कार्यनीतिहरूमाथिको रिपोर्टमा नयाँ आर्थिक नीति(नेप)को सच्याईको बारेमा एउटा सैद्धान्तिक निचोडका रुपमा फेरी दिए ।

 

 

नयाँ आर्थिक नीति(नेप) १९२५को अन्ततक निरन्तर भयो, जब चौधौ पार्टी कंग्रेसले समाजवादी निर्माणको अर्को चरण जो समाजवादी औधोगिकिकरण थियो, तर्फ अगाडि बढायो ।