नेपालमा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि,थप २८ जनाको मृत्यु,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं ।नेपालमा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

 

 

मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या आफैंमा कम भएको मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेल बताउँछन् ।

 

 

लक्षण भएका कोरोना संक्रमितको सरकारी अस्पतालहरुमा निःशुल्क परीक्षण हुने भन्दै उनले यदि कसैलाई कोरोना संक्रमण लक्ष्मण भए परीक्षण गराउन आग्रह गरे।

 

 

यस्तै देशभरमा ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।

 

 

मन्त्रालयका अनुसार थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५४३ जना छन्, जसमा काठमाडौंका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् ।

 

 

हाल उपत्यकाका तीनसहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छन् ।

कुन जिल्लामा कति थपिए संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३९०, कास्कीमा २१०, चितवनमा २०६, झापामा १६९, सुनसरीमा १२४ र मोरङमा १२३ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

 

यस्तै ललितपुरमा ८६, नवलपरासी पूर्वमा ७२, मकवानपुरमा ६८, भक्तपुरमा ६७, काभ्रेपलाञ्चोकमा ६५, कैलालीमा ५१,रुपन्देहीमा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

 

 

नुवाकोटमा ३७, तनहुँमा ३५, पाल्पामा २६, बर्दियामा २१, सिन्धुपाल्चोकमा र स्याङजामा २०र२० जना, जुम्लामा १९, धनकुटामा १७, गोरखामा १५, दाङमा १३, धादिङमा १२, कञ्‍चनपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

 

 

यस्तै १० वर्ष मुनिका ७६ बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९० जनामा कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।