पछिल्लो २४ घण्टामा १,८७५ मा कोरोना संक्रमण पुष्टि, २९ जनाको मृत्यु !

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

 

५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

 

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना निको भएका छन् ।

 

 

बिहीबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । तीमध्ये ९ हजार ३२० जनाको मृत्यु भएको छ भने ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् ।

 

 

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ४४७ जना रहेका छन् । जसमध्ये २३ हजार ६९२ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ७५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

 

 

कोरोनाका बिरामीमध्ये ५७२ जना आईसीयू र १५७ जना भेन्टिलेटरमा भईरहेको छ ।