माओवादीबाट एमालेमा प्रवेश गरेका नेताहरु निर्वाचन आयोग जाँदै
नेकपा माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका नेताहरु आज निर्वाचन आयोगमा जाने तयारीमा छन् ।
नेकपा माओवादीको दल दर्ता खारेजीको माग गर्दै परेको निवेदनउपर आयोगले के गरिरहेको छ भन्ने जानकारी लिन मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरू आज आयोग जान लागेका हुन् ।
उनीहरूको समूहले असार २३ गते आयोगमा माओवादीले लामो समयदेखि महाधिवेशन नगरेको भन्दै दल दर्ता खारेजीको निवेदन दिएका थिए ।
संविधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार माओवादी केन्द्रको हैसियत गुमिसकेकोले दल दर्ता खारेजी गरिपाऊँ भनेर आयोगमा निवेदन परेको थियो।