देशभर २२३९ कोरोना संक्रमित, निको भए १३१६

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ६५७ पीसीआर परीक्षण गर्दा १ हजार ४७९ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७६० गरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनकारी दिएको छ।

यस्तै कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ३१६ जना निको भएका छन् ।