बिहान चाँडै उठ्न गाह्रो हुन्छ,यस्ता छन् उपायहरु,यसरी गर्नुहोस् पालना

काठमाडौं। दिनभरको भागदौड तथा कामको थकानका कारण हामीलाई चाँडै निद्रा लाग्छ र बिहान ढिलासम्म निद्रा खुल्दैन ।

 

बिहान ढिलासम्म सुत्नाले हाम्रो शरिर आलस्य हुनुका साथै तनाव बढ्ने हुन्छ र हामी चाहेर पनि बिहान चाँडो उठ्न सक्दैनौं ।तर बिहान सबेरै उठ्नाले स्वास्थ्यलाई धेरै फाइदा हुन्छ । यसो गर्नुहोस् विहान चाँडै उठ्नमा मद्दत पुग्नेछ ।

 

 

-आफु सुत्ने कोठाको तापक्रम १८ देखि २२ डिग्री सेल्सियसकाबीचको सन्तुलनमा राख्नुहोस् । यसले रातको समयमा बेलाबेलामा निद्रा खुलाउँछ र विहान चाँडै उठ्नमा सहयोग पुर्याउँछ ।

 

 

-अर्लामलाई आफुभन्दा यति धेरै टाढा राख्नुस् कि आवाज मात्र सुन्नियोस् र त्यसलाई बन्द गर्न आफैँ उठ्नुपरोस् ।

 

 

-सुत्नुअघि चिया र कफि पिउने बानी साह्रै नराम्रो हो । यदि यस्तो बानी छ, भने सुत्नुअघि चिया या कफी पिउन आजैदेखि बन्द गर्नुहोस् ।

 

 

-सुत्नुअघि आफैँलाई प्रेरित गर्नुहोस् । विहान चाँडो उठ्नुछ भन्दै आफैँले आफैलाई प्रेरित गर्नुहोस् ।

 

 

-रातको समयमा प्रोटिनयुक्त तथा क्षमताभन्दा बढि खानेकुरा नखानुहोस् । धेरै खाना खाएमा निद्रा चाँडो आउँछ र विहान ढिलासम्म सुत्ने हुन्छ ।

 

 

-सुत्नुअघि विद्युतिय सामान ओछ्यानबाट टाढा राख्नुहोस् । राती सुत्दाखेरी मोवाइल तथा ल्यापटमसंगै राखेर तथा चलाएर ओछ्यानमा बस्नाले निद्रा हराउँछ ।

 

 

-राती अबेरसम्म बसेर काम नगर्नुहोस, यसले निन्द्रामात्र होइन मेरूदण्डमा पनि असर पुर्याउँछ ।