गर्भवती महिलालाई वाकवाकी किन लाग्छ ? यस्तो छ,कारण

काठमाडौं। सामान्यतया गर्भवती अवस्थामा धेरै महिलाहरुलाई वाकवाकी लाग्ने गर्दछ । गर्भावस्थामा वाकवाकी लाग्नु हरेक महिलाहरुमा देखिने समस्या हो । तर, गर्भावस्था रहेपछि किन वाकवाकी लाग्छ त भन्ने कुरा धेरैलाई थाहा नहुन पनि सक्छ ।

 

 

चिकित्सकहरुकाअनुसार गर्भावस्थामा वाकवाकी लाग्नुको कारण एचसिजी हर्मोनको कारण गर्भवती महिलालाई रिगंटा र वाकवाकी लाग्ने गर्दछ ।

 

 

 

जसलाई चिकित्सक भाषामा प्रगेन्सी हर्मोन पनि भनिन्छ । यस्तो हर्मोनले निषेचित अन्डालाई पाठेघरको भित्तामा आएर बस्न सघाउँछ । साथै स्ट्रेस र थकानका कारण पनि वाकवाकी लाग्ने गर्दछ ।

 

 

 

गर्भवास्थामा वान्ता तथा वाकवाकी हुनुको अर्को कारण भनेको इस्ट्रोजिन हर्मोन पनि हो । र यो हर्मोन गर्भवती महिलामा बढेर जान्छ जसका कारण वाकवाकी लाग्छ ।

 

 

त्यस्तै चिकित्सकका अनुसार सामान्यतया गर्भवती भएको ४ देखि ८ हप्ताबाट वाकवाकी लाग्न सुरु हुन्छ । यो क्रम १३ देखि १४ हप्तासम्म रहन्छ । कसैकसैमा भो यो भन्दा पनि बढी समय सम्म हुन सक्छ।