बन्यो पुरुष गर्भनिरोधक सुई,एक पटक लगाए १५ वर्षसम्म ढुक्क, यस्तो छ, डाक्टरहरुको दाबी

काठमाडौं। गर्भनिरोधक सुइको कुरा आउँदा हामी महिलाले मात्रै लगाउने भन्ने बुझ्छौं । तर, भारतीय वैज्ञानिकहरुले पुरुषका लागि पनि सुई बनेको बताएका छन् ।

 

 

 

भारतको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका वैज्ञानिकहरु पुरुष गर्भनिरोधक सुइ बनाएका छन् । जुन सुई एक पटक लगाएको खण्डमा १५ वर्षसम्म बच्चा हुँदैन ।

 

 

 

सुई आविष्कारमा संलग्न वैज्ञानिक डा।आर एस शर्माका अनुसार यो सुई एक पटक लगाए १५ वर्षसम्म असर गर्न बताउँछन् ।

 

 

 

यो सुईको प्रयोग भारतको विभिन्न राज्यमा भइसकेको छ। दिल्ली, हिमाञ्चल, जम्मू, पञ्जाब र राजस्थानमा यसको परीक्षण गरिसकेको छ ।

 

 

एक पटक संगीनी सुई लगाएर महिलाहरु तीन महिनासम्म ढुक्क भए झैं यो सुइ लगाएपछि पुरुषहरु पनि १५ बर्षसम्म ढुक्क हुन सक्ने छन् ।