नेपालमा थप २,३७० जनामा कोरोना संक्रमण पुष्टि,थप १,१३३ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार ७ हजार ६८९ पीसीआर परीक्षणमा १ हजार ६९० जना र ३ हजार ८९५ एन्टिजेन परीक्षण गर्दा ६८० गरी २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएकाे हो ।

 

 

 पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ भने थप १ हजार १३३ जना निको भएका छन् ।

 

 

त्यस्तै सोमबार काठमाडौं उपत्यकामा ४३३ कोरोना संक्रमित थपिएका छन्। आज उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौंमा २८९, भक्तपुरमा ५४ र ललितपुरमा ९० जनामा कोरोना देखिएको हो ।