सर्वोच्चको निर्णय गलत छ, तर हामी मान्छौं : सुवास नेम्वाङ

काठमाडौँ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतले गरेका सबै निर्णय गलत भएको अभिव्यक्ती दिएका छन् ।  नेकपा एमाले कानूनको शासन र लोकतन्त्रमा विश्वास गर्ने भएकाले सर्वोच्च अदालतको यो गलत निर्णय मान्ने नेम्वाङले बताए ।

 

‘सर्वोच्च अदालतको यो गलत निर्णय हो । तर पनि एमाले कानूनको शासन र लोकतन्त्रमा विश्वास गर्ने शक्ति भएका कारण सर्वोच्च अदालतको यो गलत निर्णयलाई हामी मान्छौं’ , उनले भने ।

 

संविधान तथा लोकतान्त्रिक मूल्य , मान्यता बमोजिम निरन्तर संघर्ष गर्दै अगाडि बढ्ने उनले बताए ।