ओलीले डाके बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि स्थायी कमिटीको बैठक डाकेका छन् । आज दिउसो एक बजे प्रधानमन्त्रीकै निवास बालुवाटारमा बस्ने भएको छ ।

 

बैठकमा सोमबार सर्वोच्च अदालतले गरेको निर्णयको बारेमा समिक्षा, पार्टी एकता कार्यदलबीच भएको १० बुँदे सहमतिलगायतका विषयमा छलफल हुन सक्ने देखिन्छ ।

 

सर्वोच्च अदालतले सोमबार प्रतिनिधिसभा विघठन बदर र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।