मन्त्री चयनका लागि देउवा आन्तरिक छलफलमा

काठमाडौँ । आज प्रधानमन्त्री बन्ने भए पछि सभापति शेरबहादुर देउवा नेपाली काँग्रेसबाट कसलाई मन्त्री बनाउने भन्ने विषयमा नेताहरुसँग आन्तरिक छलफलमा व्यस्त छन् । मंगलबार प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । 

 

उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरुसँग देउवाले परामर्श गरेका हुन् । आज बिहान महामन्त्री डा. शशांक कोइराला, नेता डा. मिनेन्द्र रिजाललगायतका नेताहरु पनि देउवासँग छलफल गर्न बुढानीलकण्ठ पुगेका थिए । देउवा निवास बुढानीलकण्ठमा बिहानैदेखि कांग्रेस नेताहरुको भीड छ ।

 

विपक्षी गठबन्धनमा रहेको माओवादी केन्द्र पनि मन्त्रीबारे निर्णय गर्न बिहानैदेखि छलफलमा छ ।