मन्त्रीबारे छलफल गर्न जसपाको बैठक बस्दै

काठमाडौँ । सभापति शेरबहादुर देउवा  नेतृत्वको सरकारमा जाने मन्त्रीबारे छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र,बाबुराम पक्षको बैठक बस्दै छ ।

 

मन्त्रीमा कसलाई चयन गर्ने भन्ने बारेमा छलफल गर्न जसपाको केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुको बैठक दिउँसो एक बजे बस्न लागेको हो ।

 

जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्री बन्ने चर्चा भए पनि अन्तिम टुंगो लागिसकेको छैन ।

 

सकेसम्म आजै जसपालाई समेत समेटेर सानो आकारको मन्त्रीमण्डल बनाउने तयारी कांग्रेस सभापति शेरबहादुर देउवाको छ । सरकारमा सहभागीताबारे निर्णय गर्न बिहानैदेखि कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु व्यस्त छन् ।