बालुवाटार छाड्नु अघि प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौँ । बालुवाटार छाड्नु अघि प्रधानमन्त्री केपि शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । मंगलबार दिउँसो २ बजे ओलीले सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

 

सोमबार सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आज ५ बजेसम्मको परमादेश जारी गरको थियो । बिहानदेखि नै देउवालगायत, माओवादिका नेताहरु मन्त्री चयनका लागि आन्तरीक छलफलमा व्यस्त छन् ।