नेपालमा थप २,६७६ जनामा कोरोना संक्रमण पुष्टि, १७५७ जना संक्रमणमुक्त, कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं । नेपालमा थप २,६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार ८२५६ पीसीआर परीक्षणमा १७८२ र ४५१२ एन्टिजेन परीक्षणमा ८९४ जना गरी २६७६ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ भने १७५७ जना संक्रमणमुक्त भएका छन् ।

 

 

सक्रिय संक्रमित २६ हजार ६३९ जनामध्ये होम आइसोलेसनमा २४ हजार २५ जना छन् भने अस्पतालमा दुई हजार ६ सय १४ जना रहेका छन् ।

 

कुन जिल्लामा कति थपिए संक्रमित   

 

                                                                                               

मन्त्रालयका अनुसार सबैभन्द धेरै काठमाडौंमा ३३९, चितवन र कास्कीमा १५५र१५५ जना, ललितपुरमा १३४, मोरङमा १०५ जना, सुनसरीमा ८७ जनामा,भक्तपुरमा ८०, नवलपरासी पूर्वमा ५८, झापामा ५७, सिन्धुपाल्चोकमा ४८, काभ्रेपलाञ्चोक र गोरखामा ४१/४१ जना, स्‍याङजामा ३८, नुवाकोटमा ३७, दोलखामा ३६ जना, मकवानपुर र रुपन्देहीमा ३५/३५ जनामा , बागलुङ र बर्दियामा २२/२२ जना, कैलालीमा १९, बाँकेमा १७, धादिङमा १५, धनकुटा र दाङमा १४/१४ जना, खोटाङ र तनहुँमा ११/११ जना र दैलेख र सुर्खेतमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 

१० वर्ष मुनिका ५६ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५२ जनामा कोरोना संक्रम पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।