आजदेखि यी ठाउँमा लगाइँदैछ जोन्सन एण्ड जोन्सन खोप,५० देखि ५४ वर्ष उमेर समूहलाई दिइँदै

काठमाडौं। सरकारले आजदेखि काठमाडौँ उपत्यकासहित देशभरका सबैजसो जिल्लामा जोनसन एण्ड जोनसन खोप अभियान सुरु गर्ने भएको छ।

 

 

 

एक मात्रा मात्रै लगाए हुने यो खोप बिहान १० बजेदेखि देशका विभिन्न ठाउँबाट दिइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता  डाक्टर समिर अधिकारीले जानकारी दिए। आजदेखि तीन दिनसम्म जोनसन एण्ड जोनसनको खोप लगाइने उनले जानकारी दिए।

 

 

यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ।

 

 

त्यस्तै प्रधानमन्त्री देउवाले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्दैछन्।

 

 

अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो ।

 

साथै यसअघि छुटेका तोकिएका समूहका व्यक्तिलाई पनि खोप दिइने छ। खोप अभियानको लागि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाले खोप केन्द्र तोकिइसकेका छन्।

 

 

यो महिनाभित्र चीनबाट थप ३० लाख डोज भेरोसेलको खोप आउनेक्रममा रहेको छ । यो खोप नेपालले चीनबाट खरिद प्रक्रियाअन्तर्गत ल्याउन लागेको हो ।

 

 

केही दिनमै जापानले अष्ट्रजेनिका खोप १६ लाख खोप आइपुग्ने क्रममा रहेकोले सो खोप आउनबित्तिकै कोभिडसिल्डको पहिलो डोज खोप लगाई दोस्रो डोज लगाउन नपाएकालाई दिने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।