शान्ति सैनिक पठाउने राष्ट्रसंघको दोस्रो वरीयतामा नेपाल

फाइल तस्विर

काठमाडौं। संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ खटिने शान्ति सैनिक खटाउने मुलुकमा नेपाल दोस्रो स्थानमा रहेको छ। संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका द्वन्द्वग्रस्त १२ वटा देशमा १ सय २१ देशका शान्ति सैनिक खटिएका छन्।

 

 

नेपालले १२ वटा शान्ति स्थापनार्थ मिसनमा सहभागिता जनाउँदै आएको छ। विभिन्न मिसनमा शान्ति सैनिक खटाउने मुलुकमा पहिलो बंगलादेश रहेको छ।

 

 

उसले ६ हजार ५ सय ५४ जना शान्ति सैनिक खटाएको छ भने नेपालले ५ हजार ५ सय ७१ जना शान्ति सैनिक खटाएर दोस्रो स्थानमा रहेको छ।

 

 

 

त्यसैगरी, तेस्रो स्थानमा भारत रहेको छ। उसले ५ हजार ५ सय २५ जना शान्ति सैनिक विभिन्न मुलुकमा खटाएको छ।

 

 

त्यसैगरी, इथियोपियाले ५ हजार ४ सय ८८ शान्ति सैनिक खटाएर चौथो स्थानमा रहेको छ भने रुवान्डा ५ हजार ३ सय ३१ सैनिक खटाएर पाँचौं स्थानमा रहेको छ।